काठमाण्डौ, ३० कार्तिक । नेपालको तराई क्षेत्र अन्र्तगतको आरईडिडीप्लस उत्र्सजन कटौती कार्यक्रम वापत नेपालले करिव १८ लाख ८८ हजार टन कार्वन डाईअक्साईड उत्सर्जन घटाए वापत नेपालले विश्वव्यापी वन कार्वन साझेदारी कोषबाट १ अर्व १९ करोड रुपयाँ प्राप्त गरेको हो । 
इमिसन रिडक्सन पेमेन्ट सम्झौता अन्र्तगत यो रकम नेपालले पाएको हो । नेपालले यो भुक्तानी पहिलो पटक पाएको हो । 
विश्व वैंकका अनुसार यो रकमबाट वन विनास रोक्ने, समावेसी तथा दिगो वन व्यवस्थापन प्रर्वधन गर्न नेपालका प्रयास मुखरित भएको विश्व वैंकले विज्ञप्ती मार्फत जनाएको छ ।

यो उपलब्धीबाट नेपाल वन विनास रोक्न, जैविक विविधता संरक्षन बढाउन र स्थानिय समुदायका लागी दिगो जिविकोपार्जनका अवसर विस्तारमा बल पुग्ने विश्वास विश्व बैंले गरेको छ ।