
काठमाण्डौ, १ मंसिर । बंगलादेशको पुर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्डको सजाय हुने भएको छ । बंगलादेशको अन्तराष्ट्यि अपराध न्यायधिकरणले उनलाई दोषी ठहर गर्र्दै उक्तm फैसला सुनाएको हो ।
बंगलादेशको राजधानी ढाकास्थित इन्टरनेशनल क्राईम्स ट्रिब्युनलले मानवताको अपराधमा हसिनालाई मृत्युदण्डको सजाय सुनाएको हो ।
बंगलादेशमा गत वर्ष भएको जनविद्रोहका क्रममा मानविय अपराध गरेको आरोप उनि माथी लगाईएको थियो । गत साल जुलाई, अगष्टमा भएको जनविद्रोहको सामना गर्न नसके पछी भागेर हाल भारतमा निर्वासन जिवन विताई रहेकी छन् । उनको अनुपस्थितीमै उनी विरुद्ध मुद्धा चलाईएको थियो ।
बंगलादेशको उक्तm अदालतले तत्कालिन गृहमन्त्री आसजुज्जानमान खान कमाललाई पनि मृत्युदण्ड सुनाएको छ भने तत्कालिन प्रहरी प्रमुख अल ममुनलाई भने सरकारी गवाहा भएका कारण ५ वर्षको कैद सजाय सुनाएको छ ।
अदालतका न्यायधिस मोहम्मद गुलाम मुर्तजा मजुमदारले वाँकी फैसला ६ भागमा सुनाउने जानकारी दिए । अदालतमा सुनाएको उक्तm फैसलालाई बंगलादेशका विभिन्न संचार माध्यमहरुले प्रत्यक्ष प्रशारण गरेका थिए ।

Facebook Comments