काठमाण्डौ, १ मंसिर । मधेश प्रदेश संसदका ५ सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । 
न्यायधिस नित्यानन्द पाण्डेयको एकल ईजलासले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई पदमुक्त नगर्न आदेश गरेको हो । यस अघि मदेश प्रदेशका सभामुखले विभिन्न दलका प्रदेश सांसदहरुलाई पदमुक्त गरेका थिए । यसरी पदमुक्त हुने सांसदहरु जनता समाजवादी पाटीका सांसदहरु मनिष कुमार सुमन, संजय कुमार यादव, सिंसाहन साह कलवार, सारदा शंकर साह र नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला  सिंह थिए । 
सभामुखको उक्त निर्णयका विरुद्धमा उनिहरु कानुनी उपचारको लागी सर्वोच्च अदालत गएका थिए । अदालतले उनिहरुको पक्षमा आदेश गरेको हो ।