काठमाण्डौ, १ मंसिर । बंगलादेशको अदालतले मानवता विरुद्धको अपराधमा पुर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सुनाएकोमा फैशला पक्षपाती, राजनितिक प्रेरित र लोकतान्त्रिक जनादेश विनाको धाँदलीपुर्ण अदालतद्धारा जारी गरिएको फैशला भनेर खरो प्रतिपाद गरेकी छिन् । भारतको नयाँदिल्दीमा निर्वासनमा रहेकी हसिनाले ईन्डिया टुडेसँंग कुरागर्दै उक्त कुरा बताएकी हुन्  ।

उनले आफु विरुद्ध लगाएको आरोप पनि अस्विकार गर्दै फैशला पुर्व निर्धारित भएको दाबी गरेकी छिन् ।
आफ्नो अनुपस्थितीमा भएको फैशलाको कुनै तुक नभएको र यो कुनै अन्तराष्ट्यि कानुनी मापदण्ड विपरित भएको अन्र्तवार्तामा बताईन् । उनले आफु र आफ्नो पार्टी अवामी लिगका कार्यकर्तालाई कथित रुपमा चलाईको मुद्धा भएको बताउँदै आफु कहिल्यै पनि हिंसाको पक्षमा नरहेको पनी बताईन । 
पुर्व प्रधानमन्त्री हसिना हाल भारतको नयाँदिल्लीमा निर्वासनमा रहेकी छिन् ।