काठमाडौं । ६९ वर्षीय कार्डिनल प्रिभोस्ट विश्वका ईशाइ धर्माबलम्बीहरुको पहिलो अमेरिकी पोप निर्वाचित भएका छन् । युरोपवाहिरबाट पोप बन्ने उनी पहिलो व्यक्ति भएको सीएनएनले जनाएको छ । २६७ औं पोप अब पोप लियो नामले चिनिने छन् ।

विहीवार साँझ पोप निर्वाचित भएका उनले हजारौं क्याथोलिकहरुलाई सम्बोधन गर्दै ‘शान्ति तपाई सबैसँग रहनेछ’ भने । उनले गत साता निधन भएका पोप फ्रान्सिलाई श्रद्धान्जली दिएका थिए ।
नयाँ पोपले जीवनको अधिकांश समय क्रिश्यिचन मिसनरीमा बिताएका थिए । पेरु र अमेरिका दुवै देशको नागरिकता रहेका पोपको चयनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऐतिहासिक चयन भनेका छन् ।

उनको अब बाँकी जीवन क्याथोलिकहरुको राजधानी मानिने भ्याटिकन सिटीमा बित्नेछ ।