
काठमाडौँ, २२ फागुनः काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले दुई हजार ९६० मत प्राप्त गरी अग्रता लिनुभएको निर्वाचन अधिकृत चमिला भट्टराईले राससलाई जानकारी दिनुभयो । यसैगरी, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले दुई हजार ७०६ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका रमेश अर्यालले एक हजार ११ मत प्राप्त गर्नुभएको छ । –––






Facebook Comments