नेपाली कांग्रेसको १५औँ महाधिवेशनस्थलमा यसपटक राजनीतिक प्रतिस्पर्धासँगै सांस्कृतिक पहिचानको झल्को पनि देखिएको छ । तनहुँबाट महाधिवेशन प्रतिनिधि बनेकारेशमलाल गुरुङगुरुङ समुदायको मौलिक पहिरनमा महाधिवेशनस्थल पुगेर केन्द्रीय सदस्यको प्रतिस्पर्धामा होमिएका छन् ।
महाधिवेशन सुरु भएकै दिनदेखि प्रतिनिधिहरूसँग भेटघाट र मत माग्न व्यस्त गुरुङ मौलिक पहिरनमा प्रस्तुत हुँदा महाधिवेशनस्थलमा उनको उपस्थितिले धेरैको ध्यान खिच्ने गरेको छ । जनजातितर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका गुरुङले आफ्नो पहिचानलाई राजनीतिक यात्रासँग जोड्दै प्रतिनिधिहरूसँग समर्थन मागिरहेका छन् ।
तनहुँ कांग्रेसका पूर्वकोषाध्यक्षसमेत रहेका गुरुङलाई पार्टीभित्रसरल, शालीन, इमानदार र कर्तव्यनिष्ठ नेताका रूपमा चिनिन्छ। लामो समयदेखि कांग्रेसको संगठन निर्माण र पार्टी गतिविधिमा सक्रिय रहँदै आएका उनले पदभन्दा जिम्मेवारीलाई प्राथमिकता दिँदै आएको उनका सहकर्मीहरूको भनाइ छ ।
जनजाति समुदायबाट कांग्रेसको राजनीतिमा सक्रिय गुरुङले संगठनभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै पार्टीको तल्लो तहदेखि नै काम गरेका छन् । कार्यकर्तासँगको सहज सम्बन्ध, संयमित व्यवहार र पार्टीप्रतिको प्रतिबद्धतालाई उनको राजनीतिक यात्राको मुख्य विशेषताका रूपमा लिइन्छ ।
राजनीतिक प्रतिस्पर्धामा व्यक्तिगत आग्रहभन्दा संगठन, विचार र कार्यकर्ताको भावनालाई प्राथमिकता दिने शैली अपनाउँदै आएका गुरुङ यसपटकजनजातितर्फबाट केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व गर्ने लक्ष्यसहित चुनावी मैदानमा छन्। मौलिक पहिरनमा देखिएको उनको उपस्थितिले महाधिवेशनमा राजनीतिक प्रतिस्पर्धासँगै विविधता र पहिचानको रंगसमेत थपेको छ।




Facebook Comments