
काठमाडौं । मिटरब्याज पीडित किसान-मजदुरहरुले रास्वपा सभापति रवि लामिछानेसँग कारागारमा भेटेका छन् ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाह र निर्घ नविनसहितको टोलिले भैरहवास्थित रुपन्देही जिल्ला कारागारमा भेट गरेको हो ।
भेटमा टोलीले किसानका समस्यामा सरकार अनुदार बनेको गुनासो सुनाएको थियो । गृहमन्त्रीका रुपमा रवि लामिछानेले गरेका सम्झौता नयाँ सरकार बनेपछि कार्यान्वयन नगरिएको उनीहरुले बताए ।
संघर्ष समितिका संयोजक अवधेश कुशवाहले जिल्लाहरुमा प्रहरी र सिडिओहरु फेरिएसँगै मिटर व्याज पिडितमाथि नै मुद्दा चलाइएको र पक्राउ गरिएको बताए ।
‘सरकार साहुकारहरु जोगाउन लागिराखेको छ । अन्याय भयो भनेर कहाँ जाने ? गृह मन्त्रालयको ढोका बन्द जस्तै छ अहिले पिडितका लागि’, उनले भने ।
जवाफमा रवि लामिछानेले नआत्तिन र एक भएर अघि बढ्न आग्रह गरेका छन् । पीडितहरुबीच राजनीति हुन नहुने भन्दै उनले न्यायको लडाइँ एकदिन अवश्य जितिने बताए ।







Facebook Comments