
वीरेन्द्रनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले अबका निर्वाचनमा अरुका बैशाखी नटेक्ने बताएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वाइसीयल नेपालको प्रथम प्रदेश सम्मेलनलाई उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले विगतका निर्वाचनमा कांग्रेस-एमालेले बेइमानी गरेको बताए।
‘हामी एक्लै लड्दा राम्रो नतिजा ल्याएको उपचुनावबाट देखिएको छ। अब हामी कुनै पनि निर्वाचनमा अरुको बैशाखी टेक्दैनौं। विगतका निर्वाचनमा हामीले कांग्रेस-एमालेसँग गठबन्धन गर्दा इमान्दारिता देखायौं। तर, उनीहरूले बेइमानी गरे,' उनले भने।
माओवादी फेरि बेइमानीको शिकार नबन्ने उनक भनाइ छ। 'अब हामी आफ्नै खुट्टामा उभिएन आफ्नै शक्ति र सामार्थ्यका साथ फेरि देशको नेतृत्व गर्नेछौं,' उनले भने। उनले वर्तमान सरकार कर्णाली र अन्य दलित, महिला र जनजातिको विरुद्धमा रहेको आरोप लगाए।
उनले भने, ‘हामीले सरकारमा हुँदा कर्णाली, महिला दलित, जनजातिका पक्षमा तय गरेका योजना र कार्यक्रमहरू वर्तमान सरकारले हटाउँदै गएको छ। यो सरकारले आफ्नो नीति तथा कार्यक्रममा कर्णाली र उपेक्षित समुदायको नाम पनि लिन चाहेन। सशस्त्र द्वन्द्वमा कर्णालीका जनताले वीरताको उदाहरण देखाएर प्रहरीको राइफल खोसेर हामीलाई बुझाएका थिए। अब यो देशको विकास र समृद्धिका लागि एकपटक साथ दिनुस्।'







Facebook Comments