ललितपुर । वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १०६ औं जन्मजयन्तीको अवसरमा ललितपुर महानगरपालिकाले विशेष कार्यक्रमको आयोजना गर्दै उनको शालिक अनावरण गरेको छ।

ललितपुर महानगरपालिकाको प्राङ्गणमा रहेको झनाख्यः मेट्रो पार्कमा स्थापित शालिकको अनावरण मेयर चिरिबाबु महर्जनले गरेका हुन्। उक्त कार्यक्रममा नगर प्रमुखसहित विभिन्न व्यक्तित्वहरू, स्थानीय जनप्रतिनिधिहरू र जोशीका अनुयायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

डा. जोशीको नेपाली साहित्य, संस्कृति, इतिहास र पुरातत्त्वका क्षेत्रमा अमूल्य योगदान छ । उनको स्मृतिमा बनाइएको यो शालिक ललितपुरको सांस्कृतिक पहिचानको प्रतीकका रूपमा रहने विश्वास गरिएको छ।