
काठमाडाैं । तीनकुने घटनामा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि शुक्रबार पनि सुनुवाइ हुँदै छ ।
सर्वोच्च अदालतमा शुक्रबार सो रिट न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
सुनुवाइ हुने भएपछि उनलाई सर्वोच्चमा उपस्थित गराइएको छ । यसअघि सर्वोच्चको आदेशअनुसार बिहीबार पनि मिश्रलाई सर्वोच्चमा उपस्थित गराइएको थियो ।







Facebook Comments