
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ। आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको प्रतिनिधि सभाका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
उनका अनुसार प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ अनुसार सांसदसँग प्रश्नोत्तर गर्ने जनाइएको छ। आज पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले “पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१" पेश गर्ने, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले "भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।







Facebook Comments