
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच अहिले भेटवार्ता भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको भेटवार्तामा राष्ट्र बैँकको गभर्नरबारे कुराकानी भइरहेको निकटस्थ स्रोतले जानकारी दियो ।
प्रधानमन्त्रीका सचिवालय सदस्य रामशरण बजगाईँले अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबिच भेटवार्ता भइरहेको जानकारी दिए । ‘हिजो साँझ भेट हुने भनेकोमा प्रधानमन्त्रीको अस्वस्थताका कारण भेट हुन सकेको थिएन । अहिले भेट जारी छ,’ बजगाईँले भने ।भेटवार्ता विषयसूची अनुसार नभई नियमित भएको बजगाईँले बताए । गभर्नरमा सभापति देउवाले यसअघि नै अर्थविद् प्रा.डा. विश्व पौडेलको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने व्यवस्था छ। तर गभर्नर सिफारिस समिति बैठक अहिलेसम्म बस्न सकेको छैन।







Facebook Comments