
काठमाडौं। प्रहरी निरीक्षक हुँ भन्दै सर्वसाधरणलाई झुक्याउने नक्कली इन्सपेक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका वडा नम्बर ३ घर भएका २३ वर्षीय सुजन गिरी रहेका छन् ।
उनले मंगलबार साढे ६ बजे भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर २ स्थित दिव्यश्वरी नेवा भुटु रेष्टुरेन्ट अगाडि सडकमा म प्रहरीको इन्सपेक्टर हुँ भन्दै प्रहरी निरीक्षकको बर्दी लगाएको फोटो मोवाइलको वाल पेपरमा राखेर सर्वसाधरणलाई झुक्याएका थिए ।
उनलाई नक्कली प्रहरी बनेर अशान्ति फैलाएको सूचनाको आधारमा तत्कालै प्रहरी वृत्त ठिमीको टोलीले सोही स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ढुण्डीराज नेउपानेले बताए । उनका अनुसार गिरीमाथि थप अनुसन्धान भइरहेको छ ।







Facebook Comments