
काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा सहकारी पीडितहरूले आइतबार अर्धनग्न भई प्रदर्शन गरेका छन् । आफ्नो बचत फिर्ताको माग गर्दै अर्धनग्न हुँदै पुरुषहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
यसअघि महिलाहरुले समेत माइतीघरमा अर्धनग्न भई प्रदर्शन गरेका थिए । सहकारीमा बचत गरेको रकम फिता नभएको भन्दै आक्रोशित बचकर्ताहरु प्रदर्शन गर्दै आइरहेका छन् ।







Facebook Comments