काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई  उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले भेट गरेका छन् ।

अर्थमन्त्रीले मंगलबार भएको भेटमा राष्ट्रपतिलाई  आर्थिक वर्ष २०८२–८३ को  बजेटका बारेमा ब्रिफिङ गरेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले संवैधानिक व्यवस्थाअनुसार  जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ । सोही  बजेटका बारेमा  मन्त्री पौडेलले मंगलबार  राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेका हुन् ।