
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले जेठ १५ गतेको कार्यक्रम शान्तिपूर्ण हुने दोहोर्याएका छन् ।
उनले गत चैतमा गरेको प्रदर्शन जस्तै जति नै ठूलो भिड भएपनि कार्यक्रम आयोजकको नियन्त्रणमा हुने बताएका छन् । प्रदर्शनकाे विषयमा सम्पादकहरुसँगको अन्तरक्रिया गर्दै उनले भने, ‘हाम्रो आन्दोलन पूर्णरुपले शान्तिपूर्ण, अहिंसात्मक र सत्याग्रहपूर्ण हुन्छ । हाम्रोतर्फको हिंसा भड्काउने कुनै पनि क्रियाकलाप हुँदैन ।’
त्यस्तै, उनले चक्रपथबाहिर सरकारले आन्दोलन गर्न भनेको विषयमा प्रष्टीकरण दिँदै बाहिर गर्दा प्रभाव र दबाब सिर्जना नहुने भएकाले रत्नपार्कमा गर्ने घोषणा गरिएको बताए ।







Facebook Comments