
काठमाडौँ । सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईंलाई पुनः नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई दोस्रो चार वर्षे कार्यकालका लागि नियुक्त गरेको हो।
मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले बाफिकोट–खुंग्री १३२ केभी प्रसारणलाइन आयोजनाको लागि ३।२७८ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिए।
त्यस्तै नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा वरिष्ठ वैज्ञानिक डा कृष्णप्रसाद तिम्सिनालाई नियुक्त गरेको छ।
सरकारले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने, सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने, सार्वजनिक सेवा प्रसारण नियमावली, २०८२ स्वीकृत गर्ने लगायतका २८ निर्णय गरेको छ।
बैठकले १० जना सचिवको सरूवा गरेको छ भने २ जना सहसचिवलाई बढुवा गरी पदस्थापन गरेको छ।







Facebook Comments