काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई साथमा लिएर  प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार गएका छन्।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग देउवा र गृहमन्त्री लेखकको छलफल चलिरहेको बालुवाटार निकट स्रोतले जनाएको छ। गृहमन्त्री लेखकको राजीनामाको माग राखी विपक्षी दलहरूले संसद अवरोध गरिरहेका बेला सत्तापक्षका नेताहरू बिहानै छलफलमा जुटेका हुन्।

विपक्षीको अवरोधकै कारण हिजो अर्थमन्त्रीले आर्थिक सर्वेक्षणसमेत संसदमा प्रस्तुत गर्न सकेनन्। भोलि संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्नुपर्नेछ।