काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसदको अवरोध कायमै राखेपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले मंगलबारको प्रतिनिधिसभामा पनि अवरोध गरेका थिए ।

बुधबार पनि उनीहरूले अवरोध कायमै राखेका हुन् । संसदमा सिंगो विपक्षी बेञ्चले उभिएर अवरोध जारी राखेको छ । सभामुख देवराज घिमिरेले आसन ग्रहण गर्दै संसद सञ्चालनको वातावरण बनाउन आग्रह गरेका थिए । गृहमन्त्री लेखकले जवाफ दिन चाहेकाले वातावरण बनाउन उनले आग्रह गरेका थिए ।