काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव केशव राव ‘वसवराज’को मारिएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।

नेसनल रिभोलुसनरी फ्रन्टको ब्यानरमा बुधबार माइतीघरमा प्रदर्शन भएको हो । भारतको छत्तिसगढ र तेल‌गाना राज्यको सिमाना नारायणपुरमा २१ मेमा भएको प्रहरी कारबाहीमा नम्बला केशव राव ‘वसवराज’ सहित २७ जना माओवादी नेता कार्यकर्ता मारिएका थिए ।

भारत सरकारले उक्त कारबाहीलाई ‘अपरेसन कगार’ नाम दिएको थियो । वसवराज मारिएसँगै भारतमा माओवादी विद्रोह पतन हुने भारतीय सरकारको विश्वास छ । उनी मारिनुलाई भारत सरकारले ठूलो सफलता मानेको छ ।