_.jpg)
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले गणतन्त्र दिवसलाई आज गौरव, गरिमा र एकताको उत्सवका रूपमा मनाएको छ। गणतन्त्र दिवसको दिन आज साँस्कृतिक झाँकीसहित काठमाडौं उपत्यकाका जनतालाई भृकुटीमण्डपमा उतारेको हो।
बिहान ११ बजेदेखि विभिन्न स्थानबाट निकालिएको र्याली भृकुटीमण्डपसम्म पुगेर सकिनेछ। र्यालीमा विभिन्न भेषभुषा र बाजासहित सहभागी भएका छन्। एमालेले जिल्ला-जिल्लामा पनि विशेष कार्यक्रम गरिरहेको छ।
२०६५ साल जेठ १५ गते संविधानसभाले २४० वर्ष लामो राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्रको स्थापना भएको हो। राजावादीहरूले पनि १५ जेठमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी गरेपछि एमाले थप आक्रामक बनेको छ। यद्यपी एमालेले कुनै दलविरुद्ध नभई जनउत्सवको रुपमा कार्यक्रम तय गरिएको जनाएको छ।
महासचिव शंकर पोखरेलका अनुसार सात दशक लामो बलिदानी संघर्षको बलबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन जेठ १५ गतेलाई विशेष उत्सवका रूपमा मनाउन एमालेले जनसमुदायलाई आह्वान गरिएको छ। उनले भने,‘हाम्रो कार्यक्रममा विभिन्न जातजातिका समुदाय, विशेष सांस्कृतिक भेषभूषा, बाजागाजा सांस्कृतिक झाँकीसहित हुने छ। यसले एउटा विशिष्ट छाप छाड्ने छ।’
गणतन्त्रलाई उत्सवको रूपमा हुँदैछ भन्ने थालनी गर्न एमालेले गणतन्त्र उत्सव कार्यक्रमबाट सन्देश दिन खोजेको दाबी गरिएको छ।







Facebook Comments