काठमाडौँ । सरकारले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सबै प्रकारका नमुना परीक्षण हुने अन्तराष्ट्रियस्तरको प्रयोगशालामा स्तरोन्नति गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमार्फत उक्त घोषणा गरेका हुन् ।

त्यसका लागि जनस्वास्थ्य प्रयोगशालाको पूर्वाधार विकास, यन्त्र उपकरण र जनशक्ति व्यवस्थापन गर्ने सरकारले जनाएको छ । ‘यसबाट नमुना परीक्षणका लागि विदेश पठाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएको छु’, अर्थमन्त्री पौडेलको विश्वास छ ।