
काठमाडाैं । रोकिएको मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान माओवादी केन्द्रले जेठ २० गतेपछि पुनः सुरू गर्ने भएको छ।
माओवादी केन्द्रको शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले केही दिनअघि पोखरामा पुगेर रोकिएको अभियानलाई जेठ २० गतेपछि निरन्तरता दिने निर्णय गरेको हो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको बैठक केहीबेर अघि सकिएको केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले जानकारी दिए।
‘आजको बैठकमा धेरै विषयमा छलफल भएन,’ पुनले भने, ‘पार्टीले सञ्चालन गरेको मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियानलाई यही वैशाख २० २१ पछि पुनः निरन्तर अघि बढाउनेसहित केही निर्णय भएका छन्।’







Facebook Comments