काठमाडौं । चितवनमा जंगली च्याउ खाँदा पाँचजना बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा शनिबार भरतपुर महानगपालिका–२९ लामागाँउकी पुन्टी गुरुङको परिवारका चारजना र एकजना छिमेकी बिरामी परेका हुन् ।

बिरामी पर्नेमा ८२ वर्षीया पुन्टी गुरुङ, उनका छोरा ४० वर्षीय धनबहादुर गुरुङ, बुहारी ३५ वर्षीया मनमाया गुरुङ, चार वर्षकी नातिनी आरिया गुरुङ र छिमेकी ४५ वर्षीया सानुमाया परियार  छन् ।

बिरामीमध्ये छोरा धनबहादुर र बुहारी मनमायाको अवस्था गम्भीर छ । अन्य बिरामीको अवस्था मध्यम रहेको र सबैको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।