काठमाडौं । वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ । उपचारका क्रममा आइतबार हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा  उनको निधन भएको हो ।

भोजपुरको टेम्केमैयुङको छिनामखुको नौलागाँउमा बाबु नरोत्तम राई र आमा रत्नमाया राईबाट २००४ साल असोज ४ जन्मिएका रसिक प्रोस्टेट क्यान्सर पीडित थिए ।

बहुआयमिक रसिकले गीत/संगीत मात्र नभएर नेपाली साहित्यिक क्षेत्रमामा योगदान दिएका छन् । उनका कथा, कविता, उपन्यास, संस्मरण र निवन्ध विधाका संग्रह प्रकाशित छन् ।