
काठमाडौं । धनुसामा ज्वाइँले ससुराको हत्या गरेको आरोप लागेको छ । जनकपुरधाम उपमहानगरपालिका–१५, कुवारामपुरका ६५ वर्षीया वासुदेव प्रसादको ज्वाइँ बेचन महासेठले हत्या गरेको प्रहरीले जनाएको छ ।
उपमहानगरको वडानम्बर २१ का बेचनले बुधबार बिहान चक्कु प्रहार गरेर ससुरा वासुदेवको हत्या गरेको जनकपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घरायसी विवादका कारण चक्कु प्रहार भएको खुलेको छ । चक्कु प्रहारलगत्तै बेचन फरार छन् ।
प्रहरीले उनलाई खोजिरहेको छ ।







Facebook Comments