.jpg)
काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएकोप्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले असन्तुष्टि जनाएका छन्।
कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार)को सिनेट बैठक स्थगित गर्न निर्देशन दिनु प्राज्ञिक संस्थाका लागि सुखद विषय नभएको महरले बताए। ‘१५ चैतदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति पद रिक्त छ। यसबेला प्रधानमन्त्रीको निर्देशनमा त्रिवि सभाको वार्षिक बैठक रोक्किनु स्वभनीय विषय होइन,’ कांग्रेस केन्द्रीय समिति बैठकस्थल बाहिर संक्षिप्त प्रतिक्रिया दिँदै महरले भने।
विश्वविद्यालय प्राज्ञिक थलो भएकाले यसलाई वार्षिक क्यालेन्डरअनुसार नै अगाडि बढाउनु पर्ने उनले बताए। प्रधानमन्त्रीको निर्देशनमा सिनेट रोकिँदा शिक्षाप्रति सरकार उदाशिन रहेको सन्देश जान सक्ने उनको भनाई छर। ‘विद्यालय शिक्षा ऐन लामो समयदेखि वहसमा छ,’ उनले भने, ‘१५ असारभित्रै शिक्षा ऐन ल्याउने सरकारको प्रतिवद्धता पूरा भएको छै। सरकार र संसद्ले कानुन बनाउने काममा खासै सफता हात पार्न सकेको छैन। यसले जनतामा सरकारप्रतिको विश्वास थप खस्किने र निराशा बढ्न सक्छ।’
उनले अगाडि भने, ‘त्रिविको आगामी वर्षको बजेट र शैक्षिक उपाधि प्राप्त ९० हजार विद्यार्थीको सूची पारित गर्न डाकिएको बैठक कुलपतिकै निर्देशनपछि रोकिनु राम्रो होइन। प्रधानमन्त्रीले सुधारको बाटो जानु आवश्यक छ। प्राज्ञिक थलोलाई सोही अनुसार अगाडि बढाउनुपर्छ। परीक्षा, भर्नालगायतका सम्पूर्ण गतिविधि पनि वार्षिक क्यालेन्डर अनुसार नै अगाडि बढाउनुपर्छ।’
त्रिविले तिथिअनुसार वार्षिक सभा डाक्ने गर्छ। प्रधानमन्त्री ओली स्पेन भ्रमणमा रहेकाले शुक्रबार हुनुपर्ने बैठक आइतबारका लागि तय भए पनि फेरी प्रधानमन्त्रीको निर्देशनमा स्थगित भएको हो। त्रिविले योजना परिषद्, कार्यकारी परिषद्बाट बजेट पारित गर्दै सभामा पेस गर्ने तयार गरेको थियो। सभाबाट पारित भएपछि मात्र बजेट लागू हुन्छ। सभामा सहभागी हुन उपत्यकाबाहिरका प्राध्यापक सदस्यसमेत काठमाडौँ आइसकेका थिए।
प्रधानमन्त्री ओली भने त्रिविको सिनेट बैठक स्थगित गरेर आइतबार पुल उद्घाटन गर्न हुम्ला गएका छन्। यसले त्रिविका सबै कार्यक्रम प्रभावित हुने देखिएको छ।







Facebook Comments