
कञ्चनपुरमा ६० प्रतिशत रोपाइँ सम्पन्न
काठमाडौँ । यो बर्ष कञ्चनपुरमा ६० प्रतिशत रोपाइँ सकिएको छ । असारको तेस्रो साता सकिदासम्म जिल्लाका कृषकहरूले हालसम्म ६० प्रतिशतभन्दा बढी खेतमा धान रोपाइँ सकेका छन् ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार जिल्लाभरि कुल खेतीयोग्य जमिन ५९ हजार ६०२ हेक्टर छ । जसमध्ये ४८ हजार चार सय ९६ हेक्टरमा धान खेती हुदै आएको केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउदले बताए ।
असारको तेस्रो साता सकिदासम्म ३२ हजार आठ सय हेक्टर जग्गामा धान रोपाइँ सम्पन्न भएको छ । सबै ठाउमा सिचाइको सुविधा नहुदा ३० प्रतिशतभन्दा बढी ठाउमा आकाशे पानीको भरमा खेती हुने गरेको छ । कञ्चनपुरमा अहिले दैनिक तीन हजार हेक्टर जग्गामा धान रोपाइँ भइरहेको सुचना अधिकारी सावदले जानकारी दिए ।
यो बर्ष असारको सुरुवातस“गै पानी पर्न थालेपछि धान रोप्न किसानहरू व्यस्त छन् । मनसुन सक्रिय हुदा यस वर्ष समयमै धान रोपाइँ हुन पाएको सूचना अधिकारी साउदले बताए । सिचाइ सुविधा नपुगेको कृष्णपुर, लालझाडी, वेदकोटमा धान रोपाइँ कम भएको छ । आवश्यकता अनुसार पानी पर्ने क्रम जारी रहे शतप्रतिशत खेतमा धान रोपाइँ हुने उनको अनुमान छ ।
कुल धान खेतीयोग्य ५९ हजार ६०२ हेक्टर जग्गामध्ये ३९ हजार ६ सय ८५ हेक्टरमा मात्र सिचाइको सुविधा रहेको छ ।







Facebook Comments