काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।

सोमबार दिउँसो  देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार दिउँसो देशको पहाडी भूभागको थोरै स्थानहरुमा तथा बाँकी भूभागको एक-दुई स्थानगमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोमबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ। साथै देशको पहाडी भूभागको थोरै स्थानहरुमा तथा बाँकि भूभागगको एक-दुई स्थानमा राति पनि चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदृपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै देशको उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा राति पनि हल्कादेखि मध्यम वर्षार हिमपातको सम्भावना रहेको छ।