
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । बालुवाटारमा दिउँसो करिब एक घण्टा कुराकानी भएको हो ।
चौधरीले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो पार्टीका मन्त्री रामेश्वर चौधरीलाई विनाकारण बर्खास्त गरेको भन्दै ओलीसँग कुरा राखेका थिए । मन्त्री बर्खास्तपछि प्रदेश र संघमा आफ्नो पार्टीले समर्थन फिर्ता लिएको विषयमा पनि उनीहरूबीच संवाद भएको रेशम चौधरीको सचिवालयले जनाएको छ ।
‘दिउँसो सवा १२ बजेदेखि उहाँहरूबीच छलफल भएको थियो । पछिल्लो राजनीतिक अवस्था र सुदूरपश्चिम प्रदेशको मन्त्री बर्खास्तलगायतका विषयमा छलफल भएको हो’ सचिवालयले भनेको छ ।
शाहको सरकार गठन बनाउन आफूहरूले ठूलो भूमिका रहेको भएपनि विनाकारण हटाएको भन्दै चौधरीले तत्काल सरकारबाट हटेको बताए ।
प्रधानमन्त्री ओलीले यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने बताएको चौधरीको सचिवालयको भनाइ छ ।







Facebook Comments