काठमाडौँ  । भोटेकोसीमा मंगलबार बिहान आएको भीषण बाढीले रसुवागढी नाकामा रहेको नेपाल(चीन जोड्ने मितेरी पुल बगाएको छ । त्यस्तै सुख्खा बन्दरगाहमा रहेका नयाँ विद्युतीय गाडी(ईभी) हरू पनि बाढीले बगाएको छ । 

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बाढीले ठुलो क्षति पुर्‍याएको बताए । उनले चीनतर्फबाट आएको बाढीले ठुलो क्षति पुगेको छ । मितेरी पुल बगाएको छ । ड्राइपोर्टमा रहेका ईभी पनि बगाएको छ । भर्खरै बाढीमा फसेका व्यक्तिहरूको उद्धार गरिएको प्रजिअ पौडेलले बताए ।

तल्लो बेल्टका स्थानीयलाई सुरक्षित स्थानमा सर्न भनिएको पनि उनले बताए । ठुलो भए पनि तथ्याङ्क आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ । उद्धारका लागि सेनाको हेलिकप्टर बोलाइसकिएको पनि उनले बताए ।