काठमाडौँ । रसुवामा आएको बाढीले झन्डै दुई सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । बाढीले नेपाल विद्युत् प्राधिकरण र यसअन्तर्गतका परियोजनामा ठूलो क्षति पुर्याएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका प्रवक्ता एवं निर्देशक राजन ढकालका अनुसार बाढीले रसुवागढी जलविद्युत् आयोजना, चिलिमे, त्रिशूली ३‘ए’ र त्रिशूली ३‘बी’ मा क्षति पुगेको छ । १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको हेडवक्र्समा क्षति पुगेको प्रवक्ता ढकालले बताए । उनले चिलिमेको टेलरेसमा पानी छिरेको छ । दुई तीन दिनमा सफा होला । त्रिशूली ३ ‘ए’ को तीन वटा हेडवक्र्स बगाएको छ । 

त्यस्तै त्रिशूली ३ ‘बी’ को हब सबस्टेसन पनि बाढी पसेपछि बन्द गरिएको प्राधिकरणले जनाएको छ । चिलिमे २२ मेगावाट, त्रिशूली ३ ‘ए’ ६० र त्रिशूली ३ बी ३७ मेगावाटका परियोजना हुन् ।