
काठमाडौँ । नेपाल चिकित्सक संघले उठाएका मुद्दा सम्बोधन गर्नका लागि स्वास्थ्य, कानुन र उद्योगमन्त्री छलफलमा जुटेका छन् ।
उपभोक्ता अदालतको फैसलामा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका चिकित्सकले आज पनि आकस्मिक र सघन उपचार बाहेकका सेवा बन्द गरेका छन् ।
यस छलफलका लागि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानुनमन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच छलफल चलिरहेको छ ।
चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीले चिकित्सकहरूको प्रमाणपत्र इमेलमार्फत सङ्कलन भइरहेको र मंगलबार बेलुकासम्म मेडिकल काउन्सिललाई लाइसेन्स बुझाउने तयारी भइरहेको बताए ।




_eDRH6Bm5KD.jpg)


Facebook Comments