काठमाडौँ । १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा वाङ जिएन रहेका छन्।

काठमाडौँ महानगरपालिका-६ बौद्ध नयाँ बस्तीस्थित एक घरमा कोठा भाडामा लिइ बस्ने व्यक्तिको कोठामा श्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

सो सम्बन्धमा थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।