काठमाडौँ । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति मेरिटोक्रेसीको आधारमा नियुक्त हुनुपर्ने मागसहित हस्ताक्षर अभियान सञ्चालन गरेको छ ।

त्रिवि उपकुलपति नियुक्ति गर्दा मेरिटोक्रेसीको आधारमा नियुक्त गरिनुपर्ने नेवि संघ अध्यक्ष दुजाङ शेर्पाले बताए । त्रिवि उपकुलपतिका लागि १२ जना दौडमा थिए । उपकुलपति नियुक्तिमा मेरिटोक्रेसीलाई आधार बनाईनुपर्ने नेवि संघको माग रहेको छ ।

साथै शिक्षक नियुक्ति खुला प्रतिस्पर्धाबाट हुनुपर्ने नेविसंघको माग छ । यिनै दुई मागसहित नेविसंघले देशभरका क्याम्पसमा विद्यार्थीहरूबाट हस्ताक्षर लिइरहेको छ । नेविसंघले विद्यालय शिक्षा विधेयक पनि छिटो पारित गरिनुपर्नेमा जोड दिदै शिक्षकहरू नियुक्ति खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग गर्दै आएको छ ।