काठमाडौँ ।  चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५५ जनाको उद्धार गरिएको छ । बिहानदेखि साढे ३ बजेसम्म सबै सुरक्षा निकायहरुले ५५ जनाको उद्धार गरेको जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको उद्दार टोलीले मंगलबार दिउसो ३ः३० बजेसम्म ५५ जनाको उद्धार गरिएको जनाएको छ । जसमा ४ महिला र ५१ जना पुरुष रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूलाई झोलुङ्‍गे पुलबाट हिडाएर उद्धार गरिएको छ । उद्धार हुनेमा एक जना चिनिया नागरिक समेत छन् ।
यसका साथै बाढीबाट अहिलेसम्म १८ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।