
धनगढी । ९ महिना अघि किर्ते मुद्दामा फरार रहेका दुई जना पक्राउ परेका छन् ।
जिल्ला अदालत कैलालीको फैसलाले अन्य सरकारी वा सार्वजनिक लिखित किर्ते मुद्दामा ९ महिना कैद सजाय १० हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–१६ बेहेडाबाबा बस्ने २२ वर्षीय सुन्दर चौधरी र सोही मुद्दामा २५ हजार जरिवाना तोकिएको सोही ठाउ बस्ने २९ वर्षीय राम मिलन चौधरी पक्राउ परेका छन् ।
दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।







Facebook Comments