काठमाडौँ । अनुमतिबिना चिनिया आकाशमा पुगेपछि चिनिया भूमिमा ‘फोर्स ल्यान्डिङ’ गराइएको नेपाली सेनाको हेलिकप्टर फिर्ता आएको छ ।

भोटेकोशीमा आएको बाढीबाट विस्थापितलाई उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टरलाई चिनिया सुरक्षा अधिकारीले अनुमतिबिना प्रवेश गरेको भन्दै ‘फोर्स ल्यान्डिङ’ गराएका थिए ।

मंगलबार बिहान भोटेकोशीमा अचानक आएको बाढीपछि चीनतर्फ रोकिएका करिब १५० जना नेपालीलाई उद्धार तथा सुरक्षित स्थानतर्फ लैजान हेलिकोप्टर गएको थियो । चिनिया पक्षले ‘फोर्स ल्यान्डिङ’ गराएको घटनाबारे नेपालको स्थानीय प्रशासनले गृह मन्त्रालय, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका थिए ।