
काठमाडौँ । म्याग्दीको मालिका गाउपालिका–३ मा पहिरो जाँदा बाबुछोरा पुरिएका छन् । दाउरा खोज्न गाउनजिकैको जंगलमा गएका बेला माथिबाट खसेको पहिरोले पुरिदा स्थानीय ३५ वर्षीय बाबु जकेन्द्र विकको मृत्यु भएको छ ।
पहिरोमा पुरिएका उनका १२ वर्षीय छोरा सरोज विक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागको दरबाङस्थित वर्षा मापन केन्द्रको अभिलेखअनुसार बुधबार बिहान ६ बजेदेखि मालिका गाउँपालिका क्षेत्रमा भारी वर्षा भइरहेको छ । बुधबार दिउसो २ बजेसम्म मालिका गाउँपालिका –६, दरबाङ क्षेत्रमा एक सय १५ मिलिमिटर वर्षा मापन गरिएको छ ।







Facebook Comments