
काठमाडौँ । म्याग्दीको धौलागिरिमा पहिरो खस्दा म्याग्दी नदी थुनिएको छ । गाउपालिकाको वडा नम्बर ४ र ६ जोडिने बासबोट भीरबाट खसेको पहिरोे नदी थुनिएको हो ।
गएराति १० बजेदेखिको वर्षाले पहिरो खस्दा करिब १० मिनेट म्याग्दी नदी थुनिएको गाउ“पालिका उपाध्यक्ष रेशम पुन मगरले बताए । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवं इन्स्पेक्टर सागर पौडेलका अनुसार पहिरोले थुनिएको नदी अहिले खुलेर बग्न थालेको थालेको छ ।
नदी आफ्नो बहावमा बग्न थालेपनि फेरि पहिरो खस्ने जोखिम भने रहेको उनले बताए । पहिरोले थुनिएको नदी ‘ओभरफ्लो’ भएर बग्न थालेकाले तटीय क्षेत्रमा डुबानको खतरा देखिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।







Facebook Comments