
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सगुनसुन्दर लावतीलाई प्रवक्ताबाट हटाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार उनलाई पदमुक्त गरेका हुन् ।
यस्तै, केन्द्रीय अनुशासन समिति अध्यक्षमा रोशन कार्की मनोनित भएकी छन् । पार्टी उपाध्यक्षसमेत रहेकी उनलाई अध्यक्ष लिङ्देनले अनुशासन समितिको नेतृत्व जिम्मा लगाएका हुन् ।
राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्धारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम वरिष्ठ नेता उपाध्यक्ष, प्रतिनिधिसभा सदस्य मा.रोशन कार्कीलाई केन्द्रीय अनुशासन समितिको अध्यक्ष पदमा मनोनयन गर्नुभएको छ । यसैगरी, अध्यक्ष लिङ्देनले प्रवक्ता सगुन सुन्दर लावतीलाई प्रवक्ता पदबाट पदमुक्त गर्नुभएको छ ।’







Facebook Comments