काठमाडौँ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा कुलपति ओलीसमक्ष उपकुलपति प्रा.डा. अर्यालले सपथ लिएका हुन् ।

कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट प्रा.डा. अर्याललाई आजै नियुक्त गरेका थिए । कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी थिए ।