पर्सा  । पौडी सिक्न जाँदा डुबेर वीरगञ्जका एक बालकको मृत्यु भएको छ। एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर-११ रानीघाटका ९ वर्षीय  बालक बजरङ्गी रौनियारको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले होटलको तेस्रो तल्लामा रहेको स्वमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पताल भर्ना गरिएको थियो। प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको उनले जानकारी दिए। ‘अस्पतालले बुधबार बेलुका  बालकको मृत्यु भएको  जानकारी दिएको छ’ मिश्रले भने।