
काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर तथा नेसनल स्पोर्ट्स साइन्स रिसर्च सेन्टर स्थापना गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दुवैको उद्घाटन गरेका छन् ।
७ हजार ५ सय ७८ स्क्वायर फिट क्षेत्रफलमा निर्माण गरिएको सेन्टर हलमा १०० जनासम्म खेलाडीले एकैपटक प्रशिक्षण गर्न सक्ने छन्। साथै, ४ हजार ९६ स्क्वायर फिट क्षेत्रफलमा जिम हलसमेत रहेको छ। केन्द्रमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै चेनजिङ रुम, बाथरुम, लकर रुम, अफिस रुम, भण्डारण कक्ष, थेरापी रुम, स्टिम रुम, सुविधा सम्पन्न शौचालय लगायतका पूर्वाधार छन्।
त्यसैगरी, ट्रेडमिल, इलिप्टिकल, इन्डोर बाइक, स्क्वाट स्टेन्ड, लेग प्रेस, स्मिथ मसिन, फङ्सनल ट्रेनिङ सिस्टम, डम्बेल स्टेन्ड, बारबेल र्याकजस्ता अत्याधुनिक ३० भन्दा बढी जिम उपकरणहरू पनि जडान गरिएका छन्।
खेलाडीको शारीरिक क्षमता र संरचनाबारे अध्ययन गर्न राखेपले नेसनल स्पोर्ट्स साइन्स रिसर्च सेन्टर स्थापना गरेको हो। आधुनिक प्रविधिको प्रयोग गरी प्रशिक्षण प्रभावकारी बनाउने उद्देश्यले सेन्टर बनाइएको हो।




_eDRH6Bm5KD.jpg)


Facebook Comments