दार्चुला । बालुवा निकाल्ने क्रममा बगेर महाकाली नदीमा एक जना वेपत्ता भएका छन् । विहीबार साझतिर महाकाली नगरपालिका–४ स्थित बाङ्गाबगर क्षेत्रमा महाकाली नदी किनारमा बालुवा निकाल्ने क्रममा बगेर वेपत्ता भएको प्रहरीले जनाएको छ । 
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार वेपत्ता हुनेमा दुहु गाउपालिका–३ बाटमुनिका दिपु लोहार रहेको जनाएको छ । वेपत्ता लोहारको खोजी कार्य चलेको दार्चुलाका प्रहरी डिएसपी प्रकाश दाहालले बताए । अहिले तल्लो तटीय क्षेत्रमा पनि सुरक्षाकर्मी परिचालन गरेर खोजी भईरहेको प्रहरीको भनाई छ ।