काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीमा एक अर्कालाई ललकार्ने काम बन्द गर्न आग्रह गरेका छन् ।

पूर्वराष्ट्रपति विद्या देवी भण्डारी रपार्टीको राजनीतिमा फर्किएपछि अहिले एकअर्काप्रति टिप्पणी भइरहेको छ । सोही विषयलाई लिएर उनले सचेत रहन आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौँ । बसौँ, आपसमा विमर्श गरौँ ।’

उनले सहकार्यबाट समाधान गर्नु नै जबजको मर्म भएकाले सबै एकै ठाउँमा उभिने आधार निर्माण हुनुपर्ने बताए ।

उनले भने, ‘सहकार्य मार्फत समाधान खोजौँ, जबजबको मर्म पनि यहि हो । राष्ट्र, जनता र एमाले हामी सबै एक ठाउँमा उभिने आधार !’

महासचिव शंकर पोखरेलले पनि कित्ताकाट नगर्न चेतावनी दिएका छन् ।

यस्तै, स्थायी कमिटी सदस्य भानुभक्त ढकालले संस्थागत निर्णय नमान्नेहरू नोटिसमा रहेको बताएका थिए ।

उनले नेतृत्वको विरोध नगरी नेता भइन्न भन्ने मानसिकता त्याग्न पनि निर्देशन दिएका थिए ।