काठमाडौं । एमालेका पूर्वउपाध्यक्षसमेत रहेका नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम अन्ततः नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र गौतमबीच पार्टी एकता गर्ने सहमति भएको हो । उनलाई दिने पदबारे मोटामोटी सहमति भएको र पार्टी एकताको दिन नै सार्वजनिक गरिने नेताहरुले बताएका छन् ।

आउँदो साउन २ गते राष्ट्रिय सभा गृहमा एक समारोहका बीच एकताको घोषणा गर्ने सहमति भएको दुई नेताद्वारा हस्ताक्षरित सहमति पत्रमा उल्लेख छ ।