दार्चुला । भारतले सीमा नदी महाकालीमा मिसिने धौलीगंगा बाँधका ढोकाहरु खोलेको छ । शुक्रबार बिहानैबाट बाधका ढोका खोल्दा सीमा नदी महाकालीको बहाव बढेको छ । धौलीगंगा पावर स्टेशनको जलाशयमा पानी अत्यधिक भएकाले सिल्ट सरसफाइका लागि आकस्मिक रुपमा बाँध खोल्नुपरेको भारतीय पक्षले जनाएको छ । 
धौलीगंगा बाधको ढोका खोलिएका महाकाली नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । बाधको ढोका खोलिएका कारण महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको हो । 
दार्चुला र बैतडीका महाकाली नदी किनारमा बसोबास गर्ने नागरिकहरुलाई तटीय क्षेत्रमा नजान आग्रह गरिएको छ ।
शुक्रबार डेढ बजेतिर खोलिएको बाध शनिबार दिउसोसम्म खुला रहने धौली गंगा पावर स्टेशन एनएचपीसीले जनाएको छ ।