
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशभरि बदलीको अवस्था छ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। बुधबार मंगलबारको तुलनामा केही कम पानी पर्ने मौसमविद सञ्जिव अधिकारीले जानकारी दिए।
बिहानको तुलनामा भने दिउँसो पानी केही बढी पर्नेछ। दिउँसो सबैजसो पहाडी भूभागहरूमा हल्का वर्षाको सम्भावना रहेको उनले बताए।तराईका एकरदुई स्थानमा पनि वर्षाको सम्भावना छ।
साथै उच्च पहाडी भूभागहरूमा हल्का हिमपातको पनि सम्भावना छ। काठमाडौंमा पनि बुधबार दिउँसो वर्षा हुने सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिए।
उनका अनुसार बिहीबारदेखि अझै बढी पानी पर्ने सम्भावना छ। अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त वायु प्रवेश हुने सम्भावना रहेकाले बिहीबार पहाडी भूभागहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावा छ।'कोशी प्रदेशका कोशी प्रदेशका एकरदुई स्थानमा भारी वर्षा पनि हुने सम्भावना छ,' उनले भने।







Facebook Comments